हेटौंडामा नक्कली सुन देखाएर ठगी गर्ने समूह पक्राउ

मक्रान्चुली । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित सुकुम्बासी टोलबाट नक्कली सुन देखाएर ठगी गर्ने ४ जनाको समूहलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

नक्कली सुनलाई सक्कली भनेर बचेविखन भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा हेटौँडा–११ सुकुम्बासी टोल त्रिवेणीचोकमा कोठा भाडामा लिई बस्ने मकवानपुरगढी गाउँपालिका–२ का ३४ वर्षीय किशोर लामा गोले, बकैया–८ बस्ने ४५ वर्षीय सूर्य बहादुर नेगी, बकैया–७ बस्ने ४४ वर्षीय सेते लाल गोङवा र नुवाकोट किस्पाङ–१ भाल्चे बस्ने ४८ वर्षीय नाम्केल तामाङलाई पक्राउ गरिएको जनाइएको छ।

प्रहरीले उनीहरूको झोलाबाट पिएएमए लेखिएको सुन जस्तो देखिने पंहेलो धातु–५० थान फेला परेको र उनीहरू माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

समाचार