पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई आज उच्च अदालतमा पेश गरिने

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई आज उच्च अदालतमा पेश गरिने

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई आज इस्लामावाद उच्च अदालतमा पेश गरिने भएको छ। उपहारसम्बन्धी मुद्दामा गिरफ्तार भएका खानलाई स्थानीय समयअनुसार बिहान ११ बजे अदालत पेश गर्न लागिएको हो।  पाकिस्तानको सर्वोच्च अदालतले हिजो खानको याचिकामा सुनुवाइ गर्दै खानको गिरफ्तारी…

अमेरिकी शीर्ष सुरक्षा सल्लाहकार र चिनियाँ कुटनीतिज्ञबीच भेटवार्ता

अमेरिकी शीर्ष सुरक्षा सल्लाहकार र चिनियाँ कुटनीतिज्ञबीच भेटवार्ता

अमेरिकी शीर्ष सुरक्षा सल्लाहकार र चीनका उच्च कुटनीतिज्ञबीच भियनामा भेटवार्ता भएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका कुटनीतिज्ञ वाङ यीसँग भेटवार्ता गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ। दुई पक्षबीच युक्रेनमा जारी युद्ध र…

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर

पाकिस्तानको एक अदालतले पूर्व प्रधामन्त्री इमरान खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर गरेको छ । खानले प्रधानमन्त्री हुँदा विदेशी पाहुनाबाट प्राप्त गरेको उपहार गैरकानुनी रूपमा बेचेको अदालतले ठहर गरेको हो । खान सन् २०१८…

पाकिस्तानका पूर्व विदेशमन्त्री कुरैशी पनि पक्राउ

पाकिस्तानका पूर्व विदेशमन्त्री कुरैशी पनि पक्राउ

– पाकिस्तानमा पूर्व विदेशमन्त्री एवम् पाकिस्तान तहरिक–ए–इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ पर्नुभएको छ । पक्राउ पर्नुअघि उहाँले भिडिओ सन्देशमा पक्राउ परेका पूर्व प्रधानमन्त्री इमरान खान रिहा नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभएको थियो ।…

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर प्रदर्शन चर्कियो

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर प्रदर्शन चर्कियो

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि प्रदर्शन चर्किएको छ । पाकिस्तानका विभिन्न सहरमा भएको प्रदर्शनमा कम्तिमा ४३ जना प्रदर्शनकारी पक्राउ परेका छन् । पूर्व प्रधानमन्त्री खानलाई हिजो इस्लामाबादमा अदालत परिसरबाट पक्राउ गरिएको थियो ।…

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ । इस्लामाबाद उच्च अदालत बाहिरबाट खानलाई प्रहरीले पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ । दर्जनौँ प्रहरीले खानलाई घेरा हालेर गाडीमा राखेको एक भिडियोमा देखिएको छ । खानलाई…

परराष्ट्रमन्त्री साउद लण्डनमा

परराष्ट्रमन्त्री साउद लण्डनमा

परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुगेका छन्। मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासका अधिकारीलगायतले लण्डनको हिथ्रो बिमानस्थलको अति…

सुडानमा एक साता युद्धविरामको सहमति

सुडानमा एक साता युद्धविरामको सहमति

सुडानमा द्वन्द्वरत पक्ष एक हप्ता युद्धविराम गर्न सहमत भएका छन् । सरकारी सेना र प्रतिद्वन्द्वी अर्धसैनिक बल आरएसएफबीच मे ४ तारिखदेखि एक हप्तासम्म युद्ध विराम गर्ने सहमति भएको बीबीसीले जनाएको छ । यसबीचमा दुवै पक्षबीच…

युक्रेनसँगको युद्धमा डिसेम्बरयता २० हजारभन्दा धेरै रुसी सैनिक मारिएका अमेरिकाको दाबी

युक्रेनसँगको युद्धमा डिसेम्बरयता २० हजारभन्दा धेरै रुसी सैनिक मारिएका अमेरिकाको दाबी

युक्रेनसँगको युद्धमा डिसेम्बरयता २० हजारभन्दा धेरै रुसी सैनिक मारिएका अमेरिकाले दाबी गरेको छ । थप ८० हजारभन्दा धेरै सैनिक घाइते भएका अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताउनुभएको छ । रुसी सैनिकले भोग्नुपरेको क्षतिबारेको…

सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि प्रयास चल्दै

सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि प्रयास चल्दै

सरकारले सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि निरन्तर प्रयास गरिरहेको जनाएको छ । सुडानमा अझै सुरक्षा अवस्था असहज रहेकाले त्यहाँ रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रही इजिप्टको कायरोमा रहेको नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार…