आज थप एक महिलाको मृत्यु भए सँगै मकवानपुरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुग्यो

१९ भाद्र २०७७ , मकवानपुर – आज थप एक महिलाको मृत्यु भए सँगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचारत हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ की ५२ वर्षीया महिलाको मृत्यु भएको हो । निमोनिया भएर भदौ १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोनाका कारण अहिलेसम्म मृत्यु हुनेमा सबै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

मुख्य समाचार मुख्य समाचार (flash news) स्वास्थ्य