कोभिड १९ बाट धेरै संक्रमित हुने देशहरुमा भारत दोश्रो

२२ भाद्र २०७७ , मकवानपुर – कोभिड १९ अर्थात् कोरोना भाइरसबाट संक्रमित धेरै हुने देशहरुमा छिमेकी मुलुक भारत दोश्रो स्थानमा पुगेको छ । अहिलेसम्म भारतमा ४२ लाख ४ हजार छसय तेह्र जना संक्रमित भएका छन् भने ७१ हजार छसय सतासी जनाले ज्यान गुमाएका छन् ।

संक्रमित हुने तथा ज्यान गुमाउनेहरुमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा अहिलेसम्ममा ६४ लाख ६० हजार दुईसय पचास जना संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या १ लाख ९३ हजार दुईसय पचास पुगेको छ ।

ब्राजिल धेरै ज्यान गुमाउने मध्येको दोश्रो स्थानमा रहेको छ । बाजिलमा अहिलेसम्ममा १ लाख २६ हजार छसय छयासी जनाले ज्यान गुमाएका छन् भने ४१ लाख ३७ हजार छसय छ जना कोरोनाबाट संक्रमित भएका छन् ।

नेपालमा अहिलेसम्म ४६ हजार दुईसय सन्ताउन्न जना संक्रमित भएका छन् भने २ सय उनान्नब्बे जनाले ज्यान गुमाई सकेका छन् र २८ हजार नौसय एकचालीस जना संक्रमित मुक्त भएका छन् ।

मुख्य समाचार मुख्य समाचार (flash news) स्वास्थ्य