आज मकवानपुरका ४६ जनामा कोरोना पुष्ठि

२४ भाद्र २०७७ , मकवानपुर – मकवानपुरमा आज ४६ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । हेटौंडा स्थित किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको PCR परिक्षणमा ४६ जनामा नतिजा पोजेटिभ आएको हो ।

गत भाद्र २२ गते १४६ जनाको स्वाब लिइएको मध्ये ११६ जनाको परिक्षण गर्दा हेटौंडा उपमहानगरपालिका लगायत विभिन्न स्थानीय तहका गरि ४६ जनामा कोरोना पुष्ठि भएको फोकल पर्सन कोभिड १९ जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिएका छन् ।

मुख्य समाचार (flash news) स्वास्थ्य