मकवानपुरमा लगाइएको निषेधाज्ञालाई आउँदो असोज ५ गतेसम्म जारी राखिने बजार-ब्यवसाय गर्न केही खुकुलो

२४ भाद्र २०७७ , मकवानपुर – जिल्ला कोभिड – १९ संकट ब्यवस्थापन केन्द्रको आज बसेको बैठकले यस अघि गरिदै आएको निषेधाज्ञालाई केही खुकुलो गर्दै आउँदो असोज ५ गतेसम्म जारी राख्ने निर्णय गरेको छ ।

खाद्यान्न , तरकारी र दुध तथा दुधजन्य पदार्थको कारोबार बिहान ५ बजे देखि ९ बजेसम्म र भिडभाड कम हुने खालका ब्यापार-ब्यावसाय भने बिहान १० बजे देखि ३ बजेसम्म खुल्ला गर्ने र यसको संयोजन उद्योग वाणिज्य संघले गर्ने निर्णय भएको छ ।

त्यस्तै जिल्ला भित्र सार्वजनिक यातायातका साधन अर्को सूचना नभए सम्मलाई बन्दगर्ने र निजि सवारी साधनलाई भने जोर-बिजोर प्रणालीमा संचालन गर्न दिने निर्णय गर्दै बाहिरी जिल्लाबाट यस जिल्लामा प्रवेश गर्ने सबै खाले यात्रुबाहक सवारी साधनलाई बिना पास आवागमनमा कडाई गरिने निर्णय भएको छ ।

विकास आयोजनाहरुको निर्माण कार्यलाई संचालन गर्न सकिने र त्यहाँ काम गर्ने कर्मचारी तथा श्रमिकहरुलाई त्यही रहने ब्यवस्था मिलाउनु पर्ने साथै बाहिरी जिल्लाबाट अति आवश्यक कार्यको लागि श्रमिक कर्मचारी ल्याउनुपर्ने भएका PCR टेस्ट गराउनुपर्ने तथा नेगेटिभ रिपोर्ट आएको ७२ घण्टा भित्र नै सम्बन्धित ठाउँमा ल्याइसक्नुपर्ने छ ।

सभा गोष्ठी , सिनेमाहल , शैक्षिकसंस्था लगायतका भिडभाड हुने खालका कार्यहरू भने संचालन गर्न अनुमति दिइएको छैन । ( निर्णय सहित )

अर्थ मुख्य समाचार मुख्य समाचार (flash news)