आज मकवानपुरका ५१ जनामा कोरोना संक्रमण पुष्ठि

२५ भाद्र २०७७ , मकवानपुर – मकवानपुरमा आज ५१ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । हेटौंडा स्थित किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको PCR परिक्षणमा ५१ जनामा नतिजा पोजेटिभ आएको हो ।

गत भाद्र २२ , २३ र २४ गते स्वाब लिइएको मध्ये १४६ जनाको परिक्षण गर्दा हेटौंडा उपमहानगरपालिका लगायत विभिन्न स्थानीय तहका गरि ५१ जनामा कोरोना पुष्ठि भएको फोकल पर्सन कोभिड १९ जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए ।

यसैबीच मकवानपुरगढी ३ मा आज थप १ जना ४३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पोजेटिभ आउनेमा यस अघि नै पोजेटिभ देखिएको परिवारका सदस्य रहेको मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिदुर लामिछानेले जानकारी दिनुभयो ।

मुख्य समाचार मुख्य समाचार (flash news) स्वास्थ्य