मकवानपुरमा थप ६० जनामा कोरोना संक्रमण पुष्ठि

हेटौंडा – मकवानपुर जिल्लामा आज पनि थप ६० जना कोरोना संक्रमित थपिएका छन् । यहि भाद्र ३० गते स्वाबको नमुना लिइएकोमा ६० जनामा संक्रमण पुष्ठि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाई ले बताए ।

संक्रमित हुनेमा हेटौंडा उपमहानगरपालिका लगायत विभिन्न स्थानीय तहका १५ जना महिला र ४५ जना पुरुष रहेका छन् ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news)