खोला तर्ने क्रममा सामरी खोलाले बगाएर २ जनाको ज्यान गयो

मकवानपुरगढी – आज खोला तर्ने क्रममा सामरी खोलाले बगाएर २ जनाको ज्यान गएको छ ।

मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ६ झल्ला बाट ३ नम्बर जाने क्रममा खोलाले बगाउँदा वडा नम्बर ६ निवासी ६० वर्षीय ज्ञान बहादुर दर्जी र सोही स्थान कै ६० वर्ष कै तुलसा दर्जीको ज्यान गएको इलाका प्रहरी कार्यालय मकवानपुरगढीले जनाएको छ ।

घटना स्थलमा अहिले इलाका प्रहरी कार्यालयबाट प्रहरी पुगिसकेको र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी पुग्न बाँकी रहेको जनाइएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार स्थानीय