कोरोना भाइरसका कारण मकवानपुरका थप २ जनाको ज्यान गयो , कोरोनाको कारण मकवानपुरमा ज्यान जानेको संख्या १७ पुग्यो

मकवानपुर – कोरोना भाइरस स्रंक्रमणबाट मकवानपुरका थप २ जनाको ज्यान गएको छ ।

ज्यान जानेमा उत्तरी मकवानपुरको पालुङका पुरुष र पूर्वी मकवानपुरको बागमती गाउँपालिकारकी महिला रहेकी छन् ।

पालुङका ७७ वर्षीय वृद्ध पुरुषको शुक्रबार वीरेन्द्र अस्पतालमा मृत्यु भएको छ । २१ असोजमा अस्पताल भर्ना भएका उनलाई २२ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरि कोरोनाबाट मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नंबर ६ की ८५ वर्षीया वृद्धा महिला रहेकी छन् । उनको शनिबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

ज्वरो, निमोनिया भएर १५ असोजमा अस्पताल भर्ना भएकी उनलाई २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो संगै कोरोना संक्रमणबाट मकवानपुरका १७ जनाको मृत्यु भएको छ ।

मुख्य समाचार (flash news) समाचार स्वास्थ्य