माघ ३ गते कांग्रेसको देशैभर बिरोध प्रदर्शन

नेपाली कांग्रेसले माघ ३ गते (भोलि) देशभर बिरोध प्रदर्शन गर्ने भएको छ । देशका ७५३ वटै स्थानीय तहमा प्रतिनिधिसभा विघटनका विरुद्धमा बिरोध प्रदर्शन गर्न लागिएको कांग्रेस सभापति शेर बहादुर देउवाले हस्ताक्षर गर्नुभएको पत्रमा भनिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलि नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले प्रतिनिधिसभा विघटन गर्नुलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भन्दै बिरोध गरिरहेको छ । जस अनुसार गत पौष १३ गते १६५ निर्वाचन क्षेत्रमा र पौष २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गरिसकेको कांग्रेसले जनाएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार