जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, नेता रामचन्द्र झा घाइते

तस्बिर साभार : कान्तिपुर



जनकपुर / नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) दाहाल-नेपाल समूहले आव्हान गरेको आमहड्तालको क्रममा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ ।

हडतालको प्रदर्शन गर्ने क्रममा जनकपुरको शिव चोकमा प्रहरी र बन्दकर्ता बीच झडप भएको हो । झडपमा दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका हुन् ।

नेता झाको टाउकोमा चोट लागेको छ भने केही बन्दकर्ताहरु पक्राउ परेका छन् । केही गाडीमा तोडफोडसमेत भएको प्रहरले जनाएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार