धरहराको २१औँ तलाको निर्माण सकियो, सबैभन्दा माथि स्वर्ण गजुर राखिने



काठमाडौं/ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरिरहेको धरहराको २१ तला निर्माण सकिएको छ।
नेपाल सरकारको गौरवको आयोजनाको रुपमा रहेको धरहराको २१ तला पूरा भई २२औँ तलाको निर्माणकार्य सुरु भएको प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिएका हुन्।

गत २०७२ वैशाखमा भूकम्पमा धरहरा भत्किएसँगै प्राधिकरणले नयाँ धरहराको निर्माणकार्य सुरु गरेको थियो।
२२औँ तला निर्माणकार्य सकिएसँगै सुनको जलपसहितको गजुर राखिने आयोजनाले जानकारी दिएको छ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार