प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं / सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हालका निमित्त कार्यकारी निर्देशक समेत रहेका शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त कार्यकारी निर्देशकको जिम्मा दिइएको थियो । अहिले उनै शाक्यलाई प्रमुखको जिम्मेवारीमा ल्याइएको हो ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार