आर्थिक वृद्धि १० प्रतिशत पुग्ने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष मुलुकको आर्थिक वृद्धि १० प्रतिशत पुग्ने दाबी गर्नुभएको छ।

सिंहदरवारमा सोमबार सरकारको तीन वर्षको प्रगति सार्वजनिक गर्नुहुदै प्रधानमन्त्री ओलीले मुलुकको तीन वर्षको औषत आर्थिक वृद्धि साढे ५ प्रतिशत रहेकाले अर्को वर्ष १० प्रतिशत आर्थिक वृद्धि हुने देखिएको बताउनु भएको हो।

प्रधानमन्त्रीले आफुले सरकार सम्हालेको एक वर्ष भित्रमा नै अर्थतन्त्रले लय समातेको दाबी गर्नुभयो। उहाले संघीयता कार्यान्वयनमा समेत आफ्नो सकारले तीन वर्षमा उलेख्य काम गरेको दाबी गर्नुभयो।

‘सरकार सम्हाल्दा अर्थतन्त्र ध्वस्त थियो, एक वर्षमै लय समात्न सरकार सफल भयो । एक वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भयो । ७ वटै प्रदेशमा आर्थिक वृद्धि ६ प्रतिशत रह्यो ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार