बिशेष कारणले वागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित

हेटौंडा / वागमती प्रदेशको प्रदेशसभा बैठक फेरी स्थगित भएको छ ।
बिशेष कारणले अर्को सूचना जारी नभए सम्मको लागि आज हुने भनिएको बैठक स्थगित भएको हो ।

गत माघ १९ गते बोलाइएको बैठक विशेष कारण भन्दै फागुन ५ गते आज दिउँसो २ बजेको लागि बैठक बोलाएको थियो । तर अन्तिम समयमा आएर बैठक स्थगित गरिएको छ ।
अर्को सूचना नभए सम्मको लागि बैठक स्थगित गरिएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) समाचार