प्रदेश सभा बैठक स्थगन गरि सभामुख बेपत्ता भएको भन्दै प्रचण्ड-माधव समुहले उपसभामुखलाई पत्र बुझायो (पत्र सहित)


हेटौंडा / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले षडयन्त्रपुर्वक प्रदेश सभाको बैठक स्थगन गरेको भन्दै बागमती प्रदेशका उपसभामुख राधिका तामाङ्गमार्फत विरोधपत्र बुझाएको छ ।

अविश्वास प्रस्तावमाथिको छलफल गर्नुपर्ने बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेर सभामुख सानुकुमार श्रेष्ठ बेपत्ता बनेको भन्दै प्रचण्ड-माधव पक्षीय नेकपा संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यसहितका सांसदहरुले बिरोधपत्र बुझाएको हो ।

प्रचण्ड-माधव पक्षले सभामुख श्रेष्ठ मुख्यमन्त्री डोरमणि पौडेलको रबरस्ट्याम्प बनेको आरोप लगाएको छ ।
शाक्यले हस्ताक्षर गरेको विरोधपत्रमा ५६ दिनदेखि अल्पमतमा रहेको सरकारको लाचार छायाँ बनेर सभामुखले संघीयता समाप्त पार्ने गतिविधि गरेको आरोप लगाइएको छ । साथै यो पक्षले यस कदमका विरुद्ध उत्रिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दललाई पनि आग्रह गरेको छ ।
प्रचण्ड–माधव समुहले मुख्यमन्त्री पौडेलविरुद्ध ४५ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार