कांग्रेसले १४ औँ महाधिवेशन गर्न मिति तोक्यो, केन्द्रिय भदौ ७, तल्लो तहमा असार २० गते


काठमाडौँ / नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन भदौ ७ देखि १० गतेका सम्म हुने भएको छ ।
बुधबार पार्टी कार्यालय सनेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशन भदौ ७ देखि १० गतेका सम्म आयोजना गर्न प्रस्ताव गरेका हुन् ।
बैठकमा फागुन ५ बाट संविधानत सबै कार्यसमितिको पदावधि सकिने भएकोले सबौ समितिहरुको पदावधिको समय ६ महिना थप्ने प्रस्ताव गरिएको छ ।

साथै २०७७ असार २० गतेबाट तल्लो तहको अधिवेशन सुरु गर्ने लगाएतको प्रस्तावमाथि बुधबारबाट छलफल सुरु भएको काङ्ग्रेस श्रोतले जानकारी दिएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार