अफ्रिकामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु


अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको छ । ती देशमा पछिल्ला केही दिन यता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको हो ।

अफ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार इबोलाका नयाँ संक्रमितहरु भेटिएको बारे जानकारी दिएको हो । डिआरसीले दिएको रिपोर्ट अनुसार इबोलाबाट ११ जनाको मृत्यु समेत भैसकेको छ ।

कंगोमा ११ जना इबोलाका विरामी भेटिएकोमा तीमध्ये ४ जनाको मृत्यु भएको छ भने गुएनामा १७ जनामा इबोला संक्रमीत मध्य ७ जनाको मृत्यु भएको बताइएको छ ।
सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला भाइरसको प्रकोप पाइएको थियो ।
त्यसमा परेर कम्तीमा पनि १३ हजार मानिसको ज्यान गएको थियो ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार स्वास्थ्य