प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित भए ११५ सांसद



काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको संसदिय दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनु भएको संसदीय दलको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएका हुन ।

आज बसेको बैठकमा १ सय १५ जना सांसद सहभागी हुनुभएको नेकपा राष्ट्रियसभाका प्रमुख सचेतक खीमलाल भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा, ९१ जना प्रतिनिधिसभा सदस्य र २४ जना राष्ट्रियसभा सदस्य उपस्थित हुनुभएको भट्टराईले जानकारी दिनुभयो । उहाँले अन्य सांसद काठमाडौं बाहिर रहेकोले आउन नसकेको समेत बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री तथा संसदिय दलका नेता केपि शर्मा ओलीले भोलिसम्म सांसदको संख्या १ सय ३० कटने जानकारी दिनुभएको भट्टराईले बताउनु भयो ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार