प्रेस संगठन मकवानपुरको भेला : जिम्मेवारी बाँडफाड गर्दै बालकृष्ण अधिकारीलाई महासंघको अध्यक्षमा उठाउने निर्णय



हेटौंडा / प्रेस संगठन मकवानपुरको जिल्ला स्तरिय भेला शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पत्रकारले गोरोलाई कालो र कालोलाई गोरो बनाएर भन्दा पनि जे देख्नुभयो त्यहि कुरा लेख्नका लागि आग्रह गर्नुभयो । उहाले पत्रकारका नाममा आग्रह र पूर्वाग्रह राखेर पत्रकारिता गर्नु नहुने बताउदै सबैको साथ र सहयोगले मात्र मुलुकमा समृद्धी आउने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले स्थापना गरेको पत्रकार पेन्सन कोषमा प्रदेश सरकारको तर्फबाट रु पाँच लाख उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा संविधानसभाका सदस्य अनन्त पौडेल, बागमती प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईं, नेकपा बागमती प्रचार विभाग सदस्य उज्वल चौलागाई, नेकपा मकवानपुरका जिल्ला सदस्य धरम लामा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहाल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष मनोज ढोडरी, सञ्चारिका समूह बागमती प्रदेश संयोजक सरिता दाहाल,नेपाल प्रेस संगठन बागमती प्रदेश सह-संयोजक तथा मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहाल, प्रेस संगठन बागमती प्रदेश सदस्य कुमार नेगी, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रम संगठनका संयोजक धर्मेन्द्र दाहालको सभाध्यक्षतामा भएको

संगठनमा जिम्मेवारी बाँडफाँडः
यसैगरि प्रेस संगठन मकवानपुरको जिल्ला भेलाले विभिन्न संचार माध्यममा आबद्ध जिल्लाका थप ३९ जनालाई जिल्ला सदस्यमा मनोनित् गरेको छ । भेलाले संगठनका जिल्ला सदस्य उज्वल अधिकारीलाई संगठन विभाग प्रमुखमा चयन गरेको छ । त्यस्तै जिल्ला सदस्य रामकुमार दानीलाई आर्थिक विभागमा,अनलाईन विभागमा सुमन दाहाल,रेडियो विभागमा दिपक सिंह रुम्बा,पत्रपत्रिका विभागमा सुशन लामिछाने,प्राविधिक विभागमा मनिल महतो,महिला विभागमा सुनिता विष्ट र अतिरिक्त विभागमा रविन ढुंगनालाई चयन गरेको संगठनका संयोजक धर्मेन्द्र दाहालले बताउनुभयो ।

यसैगरि बैठकले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ मकवानपुरको नेतृत्व सम्हाल्नको लागि संगठनले बालकृष्ण अधिकारीको नेतृत्वमा निर्वाचनमा जाने निर्णय गरेको संयोजक दाहालले बताउनुभयो ।

विगत २ दशक देखि संचार क्षेत्रमा क्रियाशिल पत्रकार अधिकारी हाल कान्तिपुर टेलिभिजनको मकवानपु्र संवाददाता र हेटौंडा स्थित टिम टिभिमा समाचार प्रमुखको जिम्मेवारीमा रहनुको साथै प्रेस संगठन बागमती प्रदेश सदस्यमा रहेका छन् ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) समाचार स्थानीय