हिमाल सहकारीद्वारा मामाघर नेपाललाई रु.१० हजार सहयोग

मकवानपुर- १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मकवानपुरगढी -३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाले अनाथ बालबालिकाहरुको संरक्षण गरिरहेको मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गरेको छ ।

फागुन २३ गते आइतबार (आज) हेटौंडा – ११ डाङ्डुङ्गेमा रहेको मामाघर नेपालको नवनिर्मित भवनमै पुगि एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष जानकी दाहालले मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई रु. १० हजारको चेक हस्तान्तरण गरिएको सहकारी संस्थाका ब्यवस्थापक सुभद्रा घिमिरेले बताउनुभयो ।

कार्यक्रममा हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष सारदा दाहाल , संचालक सदस्यद्वय शोविता दाहाल र सावित्री रेग्मी , सल्लाहकार अर्जुन दाहाल , ब्यवस्थापक सुभद्रा घिमिरे लगायतकाको उपस्थिति रहेको थियो ।

मुख्य समाचार मुख्य समाचार (flash news) विचार