मुख्यमन्त्रीले पौडेलले कोरोना विरुद्धको खोप लगाउनुभयो

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज कोरोना विरुद्धको खोप लगाउनुभएको छ ।
आज प्रदेशको राजधानीस्थित हेटौँडा अस्पतालको खोप केन्द्रमा पुगेर मुख्यमन्त्री पौडेलले खोप लगाउनुभएको हो । खोप लगाएपछि मुख्यमन्त्री पौडेलले सबै आम नागरिकहरूलाई सरकारले तोकेअनुसार खोप केन्द्रमा गएर खोप लगाउन आग्रह समेत गर्नुभयो ।
उहाँले विश्व स्वास्थ्य सङ्गठनले खोप पूर्णरुपमा सुरक्षित रहेको जनाएको भन्नुहुँदै सरकारले तोकेको उमेर समूह एवम् लक्षित नागरिकहरूलाई प्रोटोकल अनुसार नजिकको खोप केन्द्रमा गई खोप लगाएर सुरक्षित हुन आग्रह गर्नुभयो ।
बागमती प्रदेशमा ५ सय ६ वटा खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरु गरिएको छ । दोस्रो चरणको पहिलो दिन आइतबार बागमती प्रदेशको ३१ हजार ४ सय १७ जनाले खोप लगाइएको छ ।
खोप लगाए पनि सामाजिक दुरी कायम गर्ने तथा अन्य स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न विज्ञहरूको सुझाव रहेकोले सोही अनुसार गर्न समेत मुख्यमन्त्री पौडेलले अनुरोध गर्नुभयो ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) समाचार स्वास्थ्य