निर्वाचन आयोगको निर्णय : (नेकपा) को दर्ता खारेज, ओलीलाई एमाले र प्रचण्डलाई माओवादी केन्द्र दिने



काठमाडौं / निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला बमोजिम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेज गरेको गरि नेकपा एमाले केपी शर्मा अ‍ोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको छ ।

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नयाँ राजनैतिक दलको रूपमा पुनः एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदन दिन समेत आग्रह गरेको छ ।

आयोगले गोपाल किरातीलाई माओवादी केन्द्र र सन्ध्या तिवारीलाई नेकपा एमालेको नाम दिन नसकिने जनाउदै पार्टीको नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण आयोगसमक्ष पेश गर्न भनेको छ ।



मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार