मकवानपुरगढी र हेटौंडामा कचहरी नाटक प्रदर्शन

मकवानपुर- आज मकवानपुरगढी २ शिखरकटेरी र हेटौंडा १५ रातोमाटेमा कचहरी नाटक प्रदर्शन गरिएको छ ।

प्रजनन स्वास्थ्य, बालबिबाह, लैङ्गिक समानता, परिवार योजना जस्ता महत्वपूर्ण शीर्षकमा जनचेतनामुलक नाटक प्रदर्शन गरिएको ग्रामीण महिला सेवा केन्द्रका सामाजिक व्यवहार परिवर्तन संचार सहजकर्ता अमिर दहालले जानकारी दिए ।

कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रकी कार्यसमिती सदस्य देवकी चौलागाई तथा सोही संस्थाका कार्यक्रम संयोजक दिपक न्यौपाने दिपको उपस्थिति रहेको थियो।

ग्रामीण महिला सेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा सञ्चालन भइरहेको Lead and Decide कार्यक्रमअन्तर्गत नाटक प्रदर्शन गरिएको दहालले बताएका छन् ।

रोचक समाचार