बागमती गाउँपालिकामा ग्रामीण महिला सेवा केन्द्रका विभिन्न कार्यक्रम सम्पन्न

मकवानपुर- ग्रामीण महिला सेवा केन्द्र र प्लान इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित lead and Decide कार्यक्रम अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर ६ फापरबारी मा २ दिने युवा सञ्जालका किशोर किशोरीहरुका लागि वकालत र पैरवी सिप विकाश तथा योजना निर्माणका चरण सम्बन्धी तालिम सम्पन्न भएको छ ।

तालिममा बागमती गाउँपालिका वडा नम्बर ६,७ र ८ का गरी २८ जना किशोर किशोरीहरूको उपस्थिति रहेको ग्रामीण महिला सेवा केन्द्रकी बागमती गाउँपालिकाकी सामाजिक परिचालक रमा प्रजापतिले जानकारी दिनुभयो।

“हामीले यो सिक्नै पर्ने तालिम रहेछ योजना निर्माणमा हाम्रो भूमिका हुँदैन झैँ लाग्दथ्यो यो योजना निर्माणका बेलामा बस्ती स्तर वडास्तरमा त हामीले सक्रिय रुपमा सहभागी भई आफ्ना योजना राख्न पाइने रहेछ थाहा थिएन अब भने बस्ती र वडा स्तर मा हुने योजना निर्माणमा आफूसहित आफ्ना साथीहरुलाई उपस्थित हुन भन्नेछु” तालिममा सहभागी भए मध्येकी १ रुबिना श्रेष्ठले बताउनुभयो । तालिमको सहजीकरण प्रकाश खतिवडाले गर्नुभएको थियो ।

यसैबीच बागमती गाउँपालिका ६ फापरबारी मा रहेको बेतिनी स्वास्थ्य चौकीलाई सुत्केरी महिलाहरुले प्रसव अवस्थामा प्रयोग गर्न सकिने ४४० थान प्याड हस्तान्तरण गरिएको छ ।

ग्रामीण महिला सेवा केन्द्रकी कोषाध्यक्ष सुलोचना स्याङ्तानले बेतिनी स्वास्थ्यचौकीका निमित्त स्वास्थ्य चौकी प्रमुख सि.अ.न.मी मखमली परियारलाई हस्तान्तरण गर्नुभएको थियो । सो कार्यक्रममा बोल्दै महिला दिदीबहिनीहरूको सुत्केरी अवस्था भनेको निकै ध्यान दिनुपर्ने अवस्था भएकोले सम्भावित जोखिम न्यूनीकरण गर्न स्वास्थ्य चौकीलाई केही राहत मिलोस भनि प्याड हस्तान्तरण गरिएको ग्रामीण महिला सेवा केन्द्रकी कोषाध्यक्ष सुलोचना स्याङतानले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा बेतिनी स्वास्थ्य चौकीका डा. सञ्जिव यादव सहितको उपस्थिति रहेको थियो ।

मुख्य समाचार मुख्य समाचार (flash news) रोचक