शोक प्रस्ताव गर्दै संसद बैठक स्थगित, अर्को बैठक चैत्र ३ गते बस्ने

  

काठमाडौं / प्रतिनिधिसभा सदस्य तथा पूर्वसदस्यहरूको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले चैत ३ गते १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभएको हो ।

यसअघि बुधबार बस्ने बैठकलाई विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय भएपनि पछि परिवर्तन गरिएको थियो । यसअघिको कार्यसूचीमा विभिन्न अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार