नेपालसमुहद्वारा समानान्तर कमिटी गठन, जिम्मेवारी सहित

काठमाडौ /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय कमिटीको बैठक राखी आफ्ना समुहका नेताहरुलाई जिम्मेवारीबाट हटाएको आरोप लगाउदै माधब नेपाल समुहले समानान्तर कमिटी बनाएको छ ।

आफुहरुलाइ सल्लाह नगरी कमिटीहरु विस्तार गरेको भन्दै नेपाल समुहले  समानान्तर कमिटी विस्तार गरेको हो ।


नेपाल समुहले प्रदेश १ को इन्चार्ज भीम आचार्य, प्रदेश २ को इन्चार्ज घनश्याम भुसाल, बागमतीको इन्चार्ज अष्टलक्ष्मी शाक्य, गण्डकी सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली युवराज ज्ञवाली, सुदूरपश्चिमको इन्चार्ज  भीम रावल तोकिएको छ ।
त्यस्तै, युवा इन्चार्ज रघु पन्त, विद्यार्थी इन्चार्ज गोकर्ण विष्ट, प्रचार विभाग प्रमुख योगेश भट्टराई, महिला विभाग प्रमुख  अष्टलक्ष्मी शाक्य र बुद्धिजीवी विभाग प्रमुख प्रमेश हमाल तोकिएका छन

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार