पुर्वमन्त्री एवम् कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं- मस्तिष्क घातको उपचार गराइरहेका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।

फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो । बिहान थप उपचारका लागि नर्भिक लगिएको हो ।

नर्भिक अस्पताल स्रोतका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको बताएको थियो । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो ।

करिब २० दिनको निरन्तर उपचारपछि आज उनको स्वास्थ्य अवस्था नाजुक देखिएको र सुधारकाे सम्भावना कम भएको अस्पताल स्रोतले बताएको छ । जोशीको उपचारमा खटिएका चिकित्सहरूले जोशीको परिवारसँग परामर्श गरेका छन् । ( नेपाल प्रेस न्युजबाट)

मुख्य समाचार मुख्य समाचार (flash news) स्वास्थ्य