कर्णाली प्रदेश सरकार ढल्ने निश्चित, नेकपा एमालेले समर्थन फिर्ता लियो

कर्णाली प्रदेश सरकारलाइ नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको छ। आज बसेको नेकपा एमालेको कर्णाली प्रदेशको संसदीय दलले समर्थन फिर्ता लिएको हो।


भोलि बिहीबारबाट लागू हुने गरी नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले संसदीय दलको नेता यामलाल कँडेलले जानकारी दिनुभयो।


संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्तासँगै पार्टीबाट प्रतिनिधित्व गर्ने आफ्ना मन्त्रीलाई समेत फिर्ता बोलाएको छ।


कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार