गाउँपालिका स्तरीय मैत्रीपुर्ण शिक्षक भलिबल प्रतियोगिता ७ टिम सहभागी

मकवानपुरगढी- मकवानपुरगढी -६ मा रहेको जनक माविमा शनिबार भएको मकवानपुरगढी गाउँपालिका स्तरिय मैत्रीपुर्ण शिक्षक भलिबल प्रतियोगितामा ३ वटा टिम बाहिरीएका छन् ।

लिग चरणको पहिलो खेलबाट शारदा मावि , बंशगोपाल मावि र बुद्धधर्म मिश्रित टिम बाहिरिएको छ भने भानु मावि , चण्डिका मावि , जनक मावि र जनता मावि सेमि फाइनलमा प्रबेश गरेका छन् । प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको थियो । सेमिफाइनल र फाइनल चरणको खेल आइतबार हुनेछ ।

प्रतियोगिताको उद्घाटन समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीका प्रसाद दाहालको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाइको प्रमुख आतिथ्यतामा भएको थियो ।

खेलकुद मुख्य समाचार