एमालेको युवा संघमा समानान्तर कमिटी

काठमाडौं / नेकपा एमालेको माधवकुमार नेपाल समूहले युवा संघ नेपालमा समानान्तर कमिटी बनाएको छ ।
नेपाल समुहले युवा संघका नेता नरेश शाहीको अध्यक्षतामा समानान्तर कमिटी बनाएको हो। समुहले ९ उपाध्यक्ष, ८ उपमहासचिव र ३० जना सचिब रहेको जम्बो पदाधिकारी बनाएको छ ।

नेपाल समूहले नेकपा एमालेको विभिन्न जनसंगठनहरुमा पनि समानान्तर कमिटी बनाउन थालेको छ ।
गत चैत ६ गते अखिल नेपाल महिला संघमा समानान्तर कमिटी बनाएको थियो । यो समूहले जयन्ती राईको नेतृत्वमा छुट्टै अनेमसंघ बनाएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार