ग्रामीणको संयुक्त अनुगमन भ्रमण सम्पन्न

मकवानपुर- ग्रामीण महिला सेवा केन्द्र र प्लान ईन्टरनेशनलको संयुक्त साझेदारीमा सञ्चालित Lead & Decide कार्यक्रम अन्तर्गत ‘‘परिवर्तनका संवाहक ( coc )” कक्षाहरुको संयुक्त अनुगमन भ्रमण गरिएको छ ।

गत शुक्रवार मनहरी गा.पा. ३ हाँडीखोलामा गरिएको अनुगमनमा मनहरी ३ का वडा अध्यक्ष, महिला तथा बालबालिका शाखा प्रमुख, कानुनी सहजकर्ता, प्लान ईन्टरनेशनलका नेतृत्व र निर्णय विशेषज्ञ, प्लानकै अनुगमन तथा मूल्यांकन अधिकृत, ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष, कार्यक्रम संयोजक, coc व्यवस्थापन समिती संयोजक, Wash & DRR सुपरभाईजर, पत्रकार सहितको टोलीको उपस्थिती रहेको थियो ।

यसैगरी शनिवार बागमती गा.पा ८ शान्तिपुरमा सञ्चालित coc कक्षा अनुगमनको लागी जिल्ला समन्वय समितीका उप-प्रमुख, बागमती गा.पा. का उपाध्यक्ष ८ नं का वडा अध्यक्ष, प्लान ईन्टरनेशनलका Lead & Decide विशेषज्ञ प्लानकै अनुगमन तथा मूल्यांकन अधिकृत, ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष, कार्यक्रम संयोजक, coc व्यवस्थापन समिती संयोजक, सामाजिक व्यवहार परिवर्तन संचार सहजकर्ता, Wash & DRR सुपरभाईजर, पत्रकार सहितको टोलीको उपस्थिती रहेको थियो । उक्त टोलीले coc कक्षाको साथै दौतरी कक्षाको पनि अनुगमन गरेको थियो ।

अनुगमन पछी समिक्षात्मक बैठकमा बोल्दै जिल्ला समन्वय समितीका उप-प्रमुख भगवती पुडासैनीले भौतिक पूर्वाधारलाई मात्र नभएर चेतना स्तर विकास पनि समाज परिवर्तनका लागी अति आवश्यक भएकोले यो coc कक्षाले बौद्धिक विकासमा प्रभावकारी भूमिका खेल्ने बताउनु भयो । तेस्तै बागमती गा.पा. का उपाध्यक्ष धनमाया स्याङ्तानले गाउपलिकाले संघ सस्था संग सहकार्य गर्दै अघि बढ्न आफुहरु तयार रहेको बताउनु भयो ।

मुख्य समाचार समाचार