कांग्रेस नेता बानियाँको पहलमा सुकौरा स्वास्थ्य चौकीलाई एम्बुलेन्स

मकवानपुरगढी- बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता एवम् मकवानपुर कांग्रेस सभापति ईन्द्रबहादुर बानियाँको पहलमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ को सुकौरा स्वास्थ चौकीलाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ।

नेता बानियाँको आर्थिक सहयोग र उहाँकै विषेश पहलमा स्वास्थ चौकीमा आईपुगेको एम्बुलेन्स आज एक कार्यक्रमका बिच मकवानपुरगढी वडा नम्बर ७ सुकौरामा रहेको सुकौरा स्वास्थ चौकीलाई हस्तान्तरण गरिएको हो। नेता बानियाँले सुकौरा स्वास्थ चौकिका अध्यक्ष सुर्य बहादुर रुम्बालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नु भएको थियो ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) स्वास्थ्य