अपर तामाकोसी र चन्द्रागिरी हिल्सको शेयरमूल्यमा नयाँ रेकर्ड

काठमाडौं- सोमबार सेयर बजारमा २४.०८ अंकले गिरावट आएको छ । ०.९५ प्रतिशतले घटेको बजार २५१४.३९ बिन्दुमा अडिएको छ । आज ५ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र जलविद्युत समुहमा बृद्धि भएपनि बाँकी सबै समूह ओरालो लागेको छ । होटल तथा पर्यटन समुह १०४.९७ अंकले बढेको छ भने जलविद्युत १०१.७३ अंकले बढेको छ । 

सोमबार माथिल्लो तामाकोशीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिसेयर ७ सय २६ रुपैयाँ भएको छ । यता हालसम्म लगातार बृद्धि भइरहेको चन्द्रागिरी हिल्सको सेयर मूल्यले १ हजार ५ सय  पार गरेको छ । सोमबार यसको सेयर मूल्य ९.९९ प्रतिशतले बृद्धि भएर १ हजार ५ सय ६३ रुपैयाँ सेयर मूल्य कायम भएको छ । 

कारोबार रकमको आधारमा पनि अपर तामाकोशी नै अगाडि छ । यसको ४६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अपर तामाकोशीको नेप्सेमा १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत छ । यसको बजार पुँजीकरण  ७६ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ पुगेको छ । 
(समाचार रातोपाटीबाट)

अर्थ मुख्य समाचार मुख्य समाचार (flash news)