उत्सब चौलागाईं सहितको स्वास्थ्यकर्मीको टोलि एमालेमा प्रवेश


हेटौँडा / मकवानपुरमा स्वास्थ्य क्षेत्रमा क्रियासिल स्वास्थ्यकर्मीहरु नेकपा एमालेमा प्रबेश गर्नुभएको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मेडिकल ल्याब एसोसिएसन अफ नेपालका केन्द्रीय कोषाध्यक्ष उत्सव चौँलागाई सहितका स्वास्थ्यकर्मीहरुलाई मंगलबार एमालेमा स्वागत गर्नुभएको हो ।

मेडिकल ल्याब एसोसिएसन अफ नेपालका केन्द्रीय कोषाध्यक्ष चौँलागाईको नेतृत्वमा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका जिल्ला सह–संयोजक हिरा लामा लगायतका ५० जना स्वास्थ्यकर्मीहरु एमालेमा प्रवेश गरेका थिए ।

पार्टी प्रबेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज  रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल,  जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, बागमती प्रदेश सांसद जुनेली श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपालका स्थाइ कमिटी सदस्य सन्तोष चौलागाईं, नेकपा एमालेका जिल्ला स्तरका नेताहरु लगायतको उपस्थिति रहेको थियो ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार