नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथलीमा सर्ने

काठमाडौं /नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्नो केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथलीमा सार्ने भएको छ ।

२०७२ सालको भूकम्पमा बल्खुस्थित पार्टीको केन्द्रिय कार्यालय भवन भत्किएपछि धुम्बाराहीमा पार्टी कार्यालय सारिएको थियो ।एमालेले २०७२ साउन २३ देखि धुम्बाराहीस्थित पासाङहाल्मु स्मृति प्रतिष्ठानमा आफ्नो कार्यालय संचालन गरेको थियो ।

एमालेले बिशेष कारणले आफ्नो मुख्यालयलाई थापाथली हाइटस्थित उमंगमार्गमा सार्न लागेको र बुधबार बहाल सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

कार्यालय ब्यबस्थापन लगायतको सबै कामको नेतृत्व एमाले उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्री केपि शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गरिरहेका छन् ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार