लोकसेवा आयोग बुधबारबाट पदाधिकारी बिहिन

मकवानपुर- बुधबार (आज) बाट लोक सेवा आयोग पदाधिकारी बिहिन हुँदैछ । अध्यक्ष उमेशप्रसाद मैनालीसहित पाँच जना पदाधिकारीको छ वर्षे कार्यकाल पुरा भएकोले आयोग पदाधिकारी हुन लागेको हो ।

अध्यक्ष उमेशप्रसाद मैनालीसहित सदस्य विन्द्रा हाडा, अशोककुमार झा, ब्रम्हदेव राय, कृष्णचन्द्र झाको छ वर्षे कार्यकाल मंगलबार पुरा भएकाे हो ।

२०७१ चैत ११ गते अध्यक्ष मैनालीसहित सातजना पदाधिकारी आयोगमा नियुक्त भएका थिए । दुई जना यसअघि नै उमेर हदबन्दीका कारण अवकास भइसकेका छन् । आयोग रिक्त भएसँगै आयोगको सूचना, विज्ञापन, लिखित नतिजा प्रकाशन, अन्तर्वार्ता, सिफारिस, बढुवा लगायतका काम ठप्प हुने आयोगका सूचना अधिकारी समेत रहेका उपसचिव देवी प्रसाद सुवेदीले बताएका छन् ।

मंगलबारबाट अवधि पूरा गरेका लोकसेवा आयोगका पदाधिकारीहरु
मुख्य समाचार मुख्य समाचार (flash news)