मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने माधव नेपाल समुहको निर्णय

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी एमालेको माधव नेपाल समूहले १ नं प्रदेश र बागमती प्रदेशको मुख्यमन्त्रीविरुद्धको दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिने भएको छ ।

माधब समूहका शीर्ष नेताहरुको छलफलले अहिलेको राजनैतिक परिवेश अनुरुप एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलि निकट रहेका १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने  निर्णय गरेको हो ।

१ नं प्रदेश र बागमती प्रदेशमा माधब समुहले अविश्वास फिर्ता लिने निर्णय गरेसँगै २ प्रदेश सरकार प्रदेश सरकार सुरक्षित बनेको छ ।  यी दुबै प्रदेशमा नेकपा एमालेको एकल बहुमत रहेको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार