त्रिदेशीय कप फाइनल खेल आज : नेपालको लक्ष्य गोल गर्ने, उपाधि जित्ने

फोटो : एन्फा

काठमाडौं / काठमाडौमा भैरहेको त्रिदेशीय कप फुटबलको उपाधिका लागि नेपालले आज बंगलादेशको सामना गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा फाइनल खेल साँझ ५:३० बजे सुरु हुने एन्फाले जनाएको छ ।
बंगलादेशविरुद्ध समूह चरणमा गोलरहित बराबरी खेलेको नेपालले नोभेम्बरमा बंगलादेशसँग उसकै भुमी ढाकामा व्यहोरेको हारको बदला लिने समेत मौका हुनेछ ।


नेपालको राष्ट्रिय टिमले पछिल्लो ८ खेलमा गोल गर्न सकेको छैन ।
पछिल्लो पटक नेपालले नोभेम्बरमा बंगलादेश भ्रमण गर्दा दुई खेलको सिरिज १-० ले गुमाएको थियो । त्यतिबेला बंगलादेशविरुद्ध पहिलो खेलमा २-० ले पराजित भएको नेपालले दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो ।

सन् २०१९ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई विरुद्ध अन्जन विष्टले दुई गोल गरेयता नेपालले विश्वकप छनोट अन्तर्गत नै अष्ट्रेलिया, जोर्डन र कुवेतविरुद्ध गोल गर्न सकेको छैन । यस्तै म्यानमारविरुद्ध मैत्रीपूर्ण खेलमा पनि नेपालले गोल गर्न सकेन ।

यहि फाइनल खेल मार्फत नेपालले  गोल गर्दै आफ्नो भोक मेटाइ खेल र  उपाधि जित्ने र बंगलादेशसँग बदला लिने महत्त्वपूर्ण अबसर रहेको अवसर छ । नेपालले फाइनलमा आफ्नो मैदानमा घरेलु दर्शकको साथ पाउने पक्का छ ।

त्रिदेशीय कप फाइनल खेल

खेल : नेपाल भर्सेस बंगलादेश
मिति : २०७७७ चैत १६ गते
समय : साँझ ५:३० बजे
स्थान : दशरथ रंगशालमा, त्रिपुरेश्वर, काठमाडौं

खेलकुद मुख्य समाचार मुख्य समाचार (flash news) समाचार