साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री

तस्वीर : नेपाल प्रेस

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलिले आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् । रिपोर्टर्स क्लबको वार्षिकोत्सब कार्यक्रममा आफ्ना भनाइ राख्दै प्रधानमन्त्री ओलिले आगामी आर्थिक वर्षबाट भत्ता बढाउने घोषणा गरेका हुन् ।

‘सामाजिक सुरक्षा भत्ता आउँदो साउन १ गतेबाट बढ्छ । यो सुन्दा कति मान्छेहरूलाई त अर्को छट्पटी शुरु होला । कसैलाई आपत्ति लाग्छ भने लागोस । निन्द्रा लाग्दैन भने नलागोस । तर भत्ता बढ्छ ।’ प्रधानमन्त्रीले भनेका छन् ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति