देविडाँडा टोलविकास संस्थाको उदाहरणीय काम,विपन्न परिवारलाई बाख्रा वितरण

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको देविडाँडा टोल विकास संस्थाले बिहिबार आफ्ना २५ जना सदस्यहरुलाई ५० ओटा बाख्रा वितरण गरेको छ । 

बिहिबार देविडाँडामा एक कार्यक्रमका बिच अतिबिपन्न कृषि तथा पशुपालन समुहलाईं ५० ओटा बाख्रा वितरण गरिएको हो । मकवानपुरगढी गाउँपालिकाको रु ३ लाख र अति विपन्न कृषि तथा पशुपालन समुहको ३ लाख गरि जम्मा ६ लाख (५०-५०%) मा बाख्रा वितरण गरिएको टोल विकास संस्थाका अध्यक्ष प्रेम प्रसाद दाहालले बताएका छन् ।

बाख्रा वितरण कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेले अब मासिक १५-२० कमाउनकै लागि विदेश जान नपर्ने भन्दै आफ्नै देशमा कृषि कर्म गरेर आफ्नै खेत बारीमा पसिना बगाउन सके जिविकोपार्जनका साथै राम्रो आम्दानी लिन सकिने बताएका छन् । सरकारले कृषि क्षेत्रमा लगानी बढाईरहेका बेला मकवानपुरगढी गाउँपालिकाले पनि कृषि कर्म गर्न खोज्नेलाई लगानी गर्ने बताए ।

न्यून आय भएका विपन्न परिवारलाई बाख्रा वितरण कार्यक्रमले आय आर्जनका लागि एउटा अवसर हुने भन्दै वितरण गरिएका बाख्राहरुबाट राम्रा पाठा उत्पादनका लागि बोयर जातको ब्याडे बोका उपलब्ध गराउने बताए ।

खाद्यान्न , दुध उत्पादन गरि बिक्री गर्न सके पालिकाले थप प्रोत्साहन रकम उपलब्ध गराउने गरेको भन्दै अब पशुपालन तथा कृषि कर्म बाट नै उन्नति गर्न सकिने भन्दै वडा अध्यक्ष घिमिरेले त्यस तर्फ अग्रसर हुन आग्रह गरे । अब परंरागत तरिकाले खेती तथा पशुपालन गरेर मात्र नपुग्ने भन्दै आधुनिक तरिकाले ब्यवसाय उन्मुख हुनेपर्ने उनको धारणा थियो ।

कार्यक्रममा देबीडाँडा टोलबिकास संस्थाका अध्यक्ष प्रेम प्रसाद दहालले आर्थिक आर्जन र जिविकोपार्जन कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई लक्षित गरी बाख्रा वितरण गरीएको बताए ।

कार्यक्रममा देविडाँडा टोल विकास संस्थाका सचीव विक्रम गोले , कोषाध्यक्ष ईन्दिरा न्यौपाने , कविता न्यौपाने , स्थानीय कुल प्रसाद तिमल्सिना लगायतकाको उपस्थिति रहेको थियो ।

अर्थ कृषि समाचार मुख्य समाचार स्थानीय