अब सहकारीले उत्पादन र पर्यटकीय क्षेत्रमा लगानी गर्नुपर्छ : मन्त्री दावा लामा

मकवानपुर- बागमती प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले समाजको समृद्धिमा सहकारीको भुमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । सहकारी दिवस २०७७ को अवसरमा मकवानपुरका बिभिन्न आश्रमहरुमा फलफूल र खाद्यान्न बितरण गर्ने कार्यक्रममा शुक्रवार मन्त्री लामाले सहकारीहरु आफुमा मात्रै सिमित नभई सामाजिक क्षेत्रमा समेत सहभागी भएकोमा खुशि ब्यक्त गर्नुभयो । मन्त्री लामाले मकवानपुरका मकवानपुरगढी लगायतका अन्य क्षेत्रहरु पर्यटकीय हिसाबले असाध्यै महत्वपूर्ण रहेको भन्दै त्यस्ता ठाउँहरुमा सहकारीले होटल रिसोर्टहरु खोली ब्यवसाय गर्ने योजना बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सहकारीले उत्पादनमा जोड दिनुपर्ने , लागत घटाउन सामुहिक खेती गर्नुपर्ने भन्दै सहकारीकर्मीहरुले नारा र प्रचारमा मात्र सिमित नभै ब्यवहारमै गरेर देखाउनु पर्नेमा जोड दिनुभएको थियो ।

सहकारी दिवस मुल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाले सहकारीहरु ब्यवस्थित र मर्यादित तरिकाले संचालन गर्नुपर्ने भन्दै सहकारीलाई प्रविधिमैत्री तथा उत्पादनमुखी बनाउँदै बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

६४ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेश स्तरीय मुल समारोह समिति २०७७ को आयोजनामा शुक्रबार हेटौंडामा रहेका तीन ओटा आश्रममा फलफुल तथा १ दिनलाइ पुग्ने खाद्यान्न खरिदका लागि चेक हस्तान्तरण गरिएको हो ।
खाद्यान्न खरिदका लागी मानब सेवा आश्रम हेटौंडा ९ लाई रु. ३० हजारको चेक, मामाघर नेपाल हेटौंडा ११ र राजदेबि अल्पकालीन असहाय महिला आश्रय स्थल हेटौंडा ३ लाई १०/१० हजारको चेक र फलफुल बितरण गरिएको हो ।

मानव सेवा आश्रममा भएको कार्यक्रम सहकारी दिवस बागमती प्रदेश मुल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाको सभाध्यक्षता एवम् बागमती प्रदेश भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बागमती प्रदेश सहकारी रजिस्ट्रार विक्रम प्रसाद पाण्डेय, मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री प्रसाद लम्साल, सहकारी संघका सचिव दिनेश उपाध्याय, हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारी, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपाने लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संचालन राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा प्रमुख रामेश्वर अर्यालले गर्नुभएको थियो ।

सो कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीका बल्लभ सापकोटा, सहकारी मन्त्रीका स्वकीय सचीव सुरज थपलिया, सहकारी संघका संचालक मेनुका दाहाल, विरेन्द्र ढुङ्गाना, ग्रामिण महिला सेवा केन्द्रका अध्यक्ष उर्मिला पुडासैनी, नेप्स्कुन फिल्ड कार्यालय हेटौंडाका प्रमुख ज्योति महत, उद्योग वाणिज्य संघ मकवानपुरका पुर्व अध्यक्ष उत्तम शर्मा ढकाल, मानव सेवा आश्रमकि उमा भण्डारी, जिल्ला सहकारी संघ मकवानपुरका ब्यवस्थापक गोविन्द दाहाल, जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका ब्यवस्थापक कुमारमणि दाहाल, बहुउद्देश्यीय सहकारी संघका ब्यवस्थापक महेश अधिकारी लगायतकाको उपस्थिति रहेको थियो ।

साथै कार्यक्रममा राष्ट्रिय सहकारी दिवसका अवसरमा देश भरिका सहकारीका कर्मचारी मध्येबाट जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका ब्यवस्थापक सुमित्रा कुमारी वाइबालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो । कार्यक्रममा वचत सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठले मन्त्री लामालाई मकवानपुर जिल्लाको सहकारी प्रोफाईल हस्तान्तरण गर्नुभएको थियो ।
मानव सेवा आश्रममा सडकमा कष्टकर जीवन यापन गर्न बाध्य भएका २१० जना लक्ष्मी नारायणहरुले आश्रय लिइरहेका आश्रमकि उमा भण्डारीले बताउनु भयो ।

यसैगरी आजै नै हेटौंडा -११ मा रहेको मामाघर नेपाल र राजदेवी महिला बहुउद्देश्यीय सहकारी संस्थाले संचालन गरिरहेको घरेलु हिंसा पिडित महिलाका लागि सुरक्षित अल्पकालीन आश्रय स्थलमा पनि सोही अनुसारको कार्यक्रम भएको छ । यी दुबै कार्यक्रम मुल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाको सभा अध्यक्षता तथा बागमति प्रदेश सहकारी रजिस्ट्रार विक्रम प्रसाद पाण्डेयको प्रमुख आतिथ्यतामा भएको हो । हाल मामा घर नेपालमा २१ जना भान्जाहरु र राजदेबि अल्पकालीन असहाय महिला आश्रय स्थलमा ५ जना महिलाहरूले आश्रय लिइरहेका छन् ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news)