शुक्रकीट दान गरेर मनग्य पैसा कमाउन सकिने


हेटौंडा /  चीनमा शुक्रकीट दान गरेर समेत मनग्य पैसा कमाउन सकिने भएको छ । चीनको एक शुक्रकिट बैंकले आम पुरुषहरुमा सोसल मिडियाबाटै उच्च गुणस्तरीय शुक्रकीट दान गर्नका लागि अपिल गरेको छ।

उच्च गुणस्तरीय शुक्रकिट दान गरेबापत दाताले झण्डै १ लाख रुपैयाँ बराबरको रकम पाउने समेत बताइएको छ  । चीनको झेजियांग ह्यूमन स्पर्म बैंकले पछिल्ला केही महिना यता लगातार मानिसहरुलाई शुक्रकीट दान गर्नका लागि अपिल गरिरहेको छ ।
उक्त शुक्रकीट बैंकले सोसल मिडियामा दानको लागि अपिल गरेको छ । साथै बैकले सोसल मिडियाको प्रयोग लगायतका अनेक खालका विज्ञापनहरुको समेत सहारा लिएको छ ।

बैंकको आधिकारिक वेबसाइटका अनुसार शुक्रकीट दान गर्ने व्यक्ति २० देखि ४० वर्षसम्मको हुनु पर्नेछ । साथै व्यक्तिको उचाई कम्तिमा ५ फिट ४ इन्च र पढाई कम्तिमा माध्यमिक शिक्षा उत्तीर्ण हुनपर्नेछ ।

चीनमा शुक्रकीट दानको लागि कडा नियम छ । शुक्रकीट दान गर्न इच्छुकमध्ये केवल एक चौथाइको मात्र दान गर्न लायक गुणवत्ता सहितको शुक्रकीट पाइने गरेको छ । राति अबेरसम्म नसुत्ने, अनियमित दिनचर्या, धुम्रपान, मध्यपान लगायतका कारण मानिसहरुको शुक्रकीटको गुणस्तर तीव्र रुपमा खस्किएको छ ।

एजेन्सीको सहयोगमा

मुख्य समाचार (flash news) रोचक समाचार