रानी बनमा बिष्णु प्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति

मकवानपुर- हेटौंडा – ६ चौघडामा रहेको रानी सामुदायिक बनको नयाँ कार्यसमितिको अध्यक्षमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ निवासी बिष्णु प्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ ।

बनको शनिबार (आज) सम्पन्न निर्वाचनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । निर्वाचित समितिको उपाध्यक्षमा केशब धिताल, सचीव नानीमाया रुम्बा, कोषाध्यक्ष गोमा लामिछाने, सहसचिव दिपक सापकोटा, सदस्य जनजाति जोगमाया राई निर्वाचित हुनुभएको छ । सदस्य दलित कोटामा भने अहिले खाली रहेको छ ।

यसैगरी महिला सदस्यहरुमा अनिता बुढाथोकी, सन्ध्या श्रेष्ठ, पार्वती न्यौपाने, अमुना सापकोटा र खुल्ला सदस्यबाट सुर्यप्रसाद दुलाल र शत्रुघन दुलाल निर्वाचित हुनुभएको छ ।

निर्वाचित नयाँ कार्यसमितिलाई एक कार्यक्रमका बिच निर्वाचन उपसमितिका संयोजक रमेश प्रसाद लामिछानेले सपथ खुवाउनुका साथै प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सहमतिका आधारमा निर्वाचन सम्पन्न भएको नवनिर्मित अध्यक्ष न्यौपानेले बताउनुभयो ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाज