दाहाल प्रतिष्ठान रौतहटको साधारणसभा, जेष्ठ नागरिक र जग्गादातालाइ सम्मान

चन्द्रनिगाहपुर / दाहाल प्रतिष्ठान शाखा समिती चन्द्रनिगाहपुर रौतहटको दोश्रो साधारणसभा सम्पन्न भएको छ ।
आज चन्द्रनिगाहपुरमा जेष्ठ नागरिक सम्मान, जग्गादातालाइ सम्मान गर्दै साधारणसभा सम्पन्न भएको हो ।


दाहाल प्रतिष्ठानका केन्द्रिय सचिब बलराम दाहालको प्रमुख आतिथ्य तथा दाहाल प्रतिष्ठान बागमती प्रदेश समितीका अध्यक्ष एवं दाहाल प्रतिष्ठान केन्द्रिय सचिवालय सदस्य शिबहरि दाहाल र दाहाल प्रतिष्ठान केन्द्रिय बुद्दिजिबी परिषदका सदस्य किशोर दाहालको बिशेष आतिथ्यमा कार्यक्रम भएको हो ।


कार्यक्रममा दाहाल प्रतिष्ठानका केन्द्रिय सदस्यहरु कुमारमणि दाहाल, ऋषि दाहाल, २ नं प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद दाहाल, उपाध्यक्ष डुन्डुराज दाहाल, उपाध्यक्ष एवं पर्सा जिल्ला अध्यक्ष बिप्रहरि दाहाल, सचिब रामकुमार दाहाल, कोषाध्यक्ष सुब्बा दाहाल, प्रदेश सल्लाहकार संयोजक रेमन्तराज दाहाल, कार्यसमितिका सदस्यहरु, बारा जिल्ला अध्यक्ष सागर दाहाल, कमअप विथ हन्डेड्रका अभियान्ता रमिता नेपाल दाहाल, चक्रपाणी दाहाल, प्राध्यापक तथा प्रदेश समिती सल्लाहकार बलराम दाहाल लगायतका दाहाल बन्धुहरुको उपस्थिति रहेको थियो ।


साधारणसभाले शाखा समितिको प्रगती प्रतिबेदन तथा आर्थिक प्रतिबेदन पास गरेको छ । त्यस्तै साधारणसभाकै उपलक्ष्यमा ३ जना जेष्ठ नागरिकहरु तथा चन्द्रनिगाहपुरमा प्रतिष्ठानलाई जग्गा दान गर्ने चन्द्रपुर ५ रौतहटका नबराज दाहाल तथा दाहाल बंशका अभियान्ता किशोर दाहाललाई सम्मान गरिएको थियो ।


कार्यक्रम दाहाल प्रतिष्ठान चन्द्रनिगाहपुर शाखा समितीका अध्यक्ष दुर्गा प्रसाद दाहालको अध्यक्षता भएको थियो । कार्यक्रमको संचालन माधब दाहालले गर्नुभएको थियो ।

मुख्य समाचार (flash news) समाचार स्थानीय