जेष्ठ नागरिकलाई सम्मान गर्दै जागरणको स्थापना दिवस समापन

मकवानपुरगढी- जेष्ठ नागरिकलाई सम्मान गर्दै मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्था लि.को २३ औँ स्थापना दिवस समापन भएको छ ।

जिल्ल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव बिरेन्द्र प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगद राशी तथा प्रमाणपत्रका साथ ९ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रममा भानु मावि व्यवस्थापन समितीका अध्यक्ष मानकुमारी पाख्रिनको विशेष आतिथ्यता रहेको थियोे ।

यसैबीच संस्थाले चैत्र २१ गते भएको विविध बाल कार्यक्रममा सहभागी हाजिरी जवाफ खेल, स्मरण परिक्षण खेल तथा बल पास खेल, शेयर सदस्य म्युजिकल चियर, घैँटोफुटाई का बिजेताहरुलाई पुुरस्कार वितरण गरेको छ । भानु मावि पिच मैदान (फुटसल)मा चैत्र २७ गते भएको मैत्रिपुर्ण फुटबल प्रतियोगीतामा संस्थालाई ३–२ को गोल अन्तरले पराजित गर्दै बिजयी मकवानपुरगढी गाउँपालिका कर्मचारी टिमलाई संस्थाले पुरस्कार तथा सम्मान गरेको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) सहकारी