अनेरास्ववियु मकवानपुरको जिल्ला संयोजकमा पौडेल

हेटौंडा / नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु ) मकवानपुर जिल्ला कमिटीको संयोजकमा बिशाल पौडेल चयन भएका छन ।

अनेरास्ववियु मकवानपुर जिल्ला कमिटी आज शुक्रवार नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा बसेको दोश्रो पुर्ण बैठकले संयोजक किशन घिसिङले दिनुभएको राजीनामा स्वीकृत गर्दै सहसंयोजक पौडेललाई संयोजकमा चयन गरेको हो ।
अनेरास्ववियुका केन्द्रिय सदस्य एवं तत्कालीन संयोजक घिसिङ्गले आफ्नो कार्यब्यबस्था र चार बर्ष जिल्लाको नेतृत्व गरिसकेकोले उपयुक्त समय आएकाले जिम्मेवारी हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

नेकपा एमाले मकवानपुरका सचिब लाल बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका सदस्य तथा अनेरास्ववियुका पुर्व जिल्ला अध्यक्ष शिबहरि दाहाल, अनेरास्ववियु मकवानपुरका निवर्तमान संयोजक किशन घिसिङ्ग लगायतकाले मन्तव्य राख्नुभएको थियो ।

बैठक अनेरास्ववियु मकवानपुरको संयोजक विशाल पौडेलको अध्यक्षता सम्पन्न भएको थियो ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार स्थानीय