हेटौंडा लगायत मकवानपुरका धेरै ठाउँमा वर्षा,किसानलाई राहत

मकवानपुर- लामो समय पश्चात् मकवानपुरको हेटौंडा लगायत धेरै ठाउँमा वर्षा भएको छ ।

गएराती देखी नै हेटौंडा , मनहरी , मकवानपुरगढी , भिमफेदी , बकैया लगायतका मकवानपुरका अधिकांश ठाउँमा मेघ गर्जन सहित पानी परिरहेको छ ।

बैशाख महिनाको आधाआधी समय बित्दा पनि पानी नपर्दा आकासे पानीको भरमा पाखोबारीमा मकै छर्नेबाट किसानहरु बन्चित भइरहेका थिए । मकै छर्ने देखि तरकारीबाली लगायत पाखोबारीमा पशुपालनका लागि लगाइएको घाँसलाई समेत परेको पानीले धेरै नै राहत पुगेको छ ।

यस क्षेत्रका धेरै किसानहरूले ब्यवसायिक तरकारीखेती , पशुपालन गरिरहेका छन् ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाज