हेटौंडामा थपिए ६३ संक्रमित , परिक्षण गरिएको ८८ मध्ये ७१ प्रतिशतमा संक्रमण पुष्टि

मकवानपुर- मकवानपुरमा गरिएको परिक्षणमा थप ६३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ३० जना महिला र ३३ जना पुरुष रहेका छन् ।

१९ गते आइतबार हेटौंडा अस्पताल र बनस्खंडी शहरी स्वास्थ्य केन्द्रबाट जम्मा ८८ जनाको स्वाब संकलन गरि परिक्षण गरिएको मध्ये ७८ जनाको आरटिपिसिआरबाट ५७ जना र १० जनाको एण्टिजेन परिक्षणबाट ६ जनाको पोजेटिभ रिपोर्ट आएको हेटौंडाका जनस्वास्थ्य निरीक्षक भोला चौंलागाईले बताएका छन् ।

संक्रमित मध्ये हेटौंडा उपमहानगरपालिका भित्रका ६१ जना रहेको र सबैभन्दा धेरै ५ नम्बर वडाका २१ जना संक्रमित रहेका र ४ नम्बर वडाका १३ जना संक्रमित रहेका छन् । यसैगरी मनहरी गाउँपालिका वडा नम्बर ३ का २४ वर्षका पुरुष र बारा जिल्लाका ७२ वर्षका बृद्ध पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

परिक्षण गरिएको ८८ नमुना मध्ये ७१ प्रतिशतमा संक्रमण भएको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) स्वास्थ्य